लगानीकर्ताले नै भारित औषत लागत गणना गरी ब्रोकरलाई बुझाउनुपर्ने,नबुझाए अंकित मूल्यमै राफसाफ हुने !

Bhuban Poudel
0
Shares

सेयर लगानीकर्ताले पुँजीगत लाभ कर गणना प्रयोजनका लागि आफ्नो लगानीको भारित औषत लागत गणना गरी केन्द्रिय निक्षेप सेवाले तोकेको फारम भरी धितोपत्र दलाल कम्पनीलाइ बुझाउनु पर्ने भएको छ ।
नेपाल स्टक ब्रोकर एसोसिएसनले बुधबार विज्ञप्ती जारी गर्दै आफुहरुलाइ आएको निर्देशन अनुसार लगानीकर्ताले फाराम भरी बुझाउन अनुरोध गरेको छ ।

साथै एसोसिएसनले लगानीकर्ताले फारममा भरेको अनुसारको लागत सिडिएस एण्ड क्लियरिङ्गको राफसाफ प्रणालीमा प्रविष्टि गर्ने भएकोले कारोबारको राफसाफ गर्ने राफसाफ सदस्यलाई उक्त फारम भरी सहिछाप गरी कारोबार भएको भोलीपल्ट कार्यालय समय भित्र उपलब्ध गराई दिन अनुरोध गरेको हो ।

लगानीकर्ताले उक्त फारम भरेर नबुझाएको खण्डमा राफसाफ प्रणालीले नै कारोबार भएको धितोपत्रको भारित औषत लागतको आधार मूल्य स्वतः अंकित मूल्यलाई कायम गरी कारोबारको राफसाफ हुने कानूनी व्यवस्था रहेको समेत एसोसिएसनले जनाएको छ ।