लक्ष्मी बैंकको ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताका विजेता घोषित

Parmeshwor Adhikari
0
Shares

लक्ष्मी बैंकले सञ्चालन गरेको भिडियो प्रतिष्पर्धा ‘माई मोबाइल मनी’ का विजेताहरु घोषणा गरिएको छ ।

बैंकका अनुसार बिल भुक्तानी १ शीर्षकमा बिराटनगरका लकेश दंगल र भक्तपुरका मन्दिप बखुन्छेले बनाएका दुवै भिडियो विजयी बनेका छन् भने बिल भुक्तानी २ शीर्षकमा पोखराका विकास त्रिपाठीको भिडियो उत्कृट भएको छ ।

त्यसै गरी कार्ड सेवातर्फ काठमाण्डौंका सन्तोश शाक्य, कार्ड रहित नगद निस्काषनतर्फ भरतपुरका भुवन तिवारी र नगद ट्रान्स्फरतर्फ मुस्ताङका छेवाङ गुरुङ विजयी भएका छन् ।

‘माई मोबाईल मनी’ प्रतियोगितामा ५ विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येक शिर्षकमा ३ मिनट सम्मको एक एक गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार रुपैंका दरले कूल २ लाख ५० हजार रुपैंयाको पुरस्कार राखिएको थियो । प्रतियोगितामा विभिन्न क्षेत्रबाट ४५० भन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।

एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउडसोर्सिङ प्रतियोगिता हो ।

यस अघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।