ग्रीनलाइफको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

0
Shares

ग्रिन लाइफहाइड्रोको १ करोड ८० लाख कित्ता शेयर शेयर नेप्सेमा सूचीकृत भएको छ । आइपीओ बाँडफाँड भएको झण्डै महिना दिनपछि कम्पनीको शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसँगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर किनबेच गर्न पाइनेछ। नेप्सेले ग्रिनलाइफलाई जिएलएच (GLH) सिम्बोल दिएको छ ।

बाँडफाँडको महिना दिन पुग्न लाग्दा समेत ग्रीन लाइफको आईपीओ सूचीकृत हुन सकेन

ग्रीनलाईफ हाइड्रोपावरले सर्वसाधारणमा माघ २३ गतेदेखि २७ गतेसम्म बिक्री गरेको आईपीओ फागुन ७ गते शुक्रबार बाँडफाँड गरेको थियो ।

हाइड्रोपावरको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता र २ जनाले ११ कित्ताकाले आईपीओ प्राप्त गरेका थिए ।

कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर जारी गरेकोमा ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि तथा १ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

ग्रीन लाइफ हाइड्रोपावरको आव २०७६।७७ को वित्तीय विवरण अनुसार ९९.६७ रुपैयाँ प्रतिशेयर आम्दानी छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको आईपीओ सूचीकरण भएको दोस्रो दिनमा कारोबार खुल्दा अधिकतम रेञ्जमा खुला भए २९९ रुपैयाँमा नत्र ९९ रुपैयाँदेखि माथि अधिकतम कारोबार रेञ्जभन्दा कममा जुनसुकै मूल्यमा खुल्नसक्छ । पहिलोे कारोबारपछि नेप्सेमा नियमित समयमा २ प्रतिशत र प्रि ओपन सेसनमा ५ प्रतिशत घटबढ भएर कारोबार हुनसक्ने व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।