साङ्गे विद्युत् कम्पनीको साधारण सभा चैत २७ गते, नगद लाभांश पारित गर्दै

0
Shares

साङ्गे विद्युत् कम्पनीको चैत ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले आफ्नै कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६।७७ को लागि नगद लाभांश प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी ७ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७६।७७ कोे वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७७।७८ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका कम्पनीको शेयर दाखिल खारेजी चैत १७ गतेदेखि गर्ने भएको छ । यसअनुसार पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।