नेशनल हाइड्रोपावर कम्पनी (NHPC) ले चैत १३ गतेदेखि साधारण सभा प्रयोजनको लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ ।
कम्पनीले चैत २७ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेंट बालुवाटार, काठमामाडौं आह्वान गरेको साधारण सभा प्रयोजनका लागि चैत १३ देखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको हो । यसअनुसार चैत १२ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम हुन आउने शेयरधनीले साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
साधारण सभामा नेशनल हाइड्रोपावर र अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्वन्धि आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।
यसैगरी लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेण्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव अनुमोदन हुने एजेण्डा पनि सभामा रहेको छ ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने समान्य प्रस्ताव पनि पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया