निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित हुँदैन : अध्यक्ष गोल्छा

Bhuban Poudel
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नवनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने बताएका छन् । महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” को थिमलाई निजी क्षेत्रले लिनु पर्ने गोल्छाले बताए ।

महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाइ समबोधन गर्दै गोल्छाले वस्तुगत संघहरू महासंघको “ब्रेन” को रुपमा रहेको बताए । महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको उनले बताए ।

महासंघको भिजन पेपर आगामी चैत्र २८ बाट सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी उनले दिए । निजी क्षेत्रले सधै सतही सुझाव मात्र दिन्छन भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गर्ने दावी समेत उनको छ ।

महासंघको वस्तुगत परिषद्को सभापति एवं महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा भएको पहिलो बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ । त्यसैगरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्र प्रसाद प्रधान र रितेस लामिछाने रहेका छन ।

परिषद्को विशेष आमन्त्रितहरूमा दिपकप्रसाद दाहाल, सारदा रिजाल, भुपेन्द्र प्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्य बहादुर मगर, दिपक पाण्डे, दूर्गा विक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शंकर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भु कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल, सुनिल कुमार धानुका(वंशल), सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्र प्रसाद न्यौपाने, श्याम सुन्दर ढकाल, महेन्द्र बहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणी देव भटटराई, विष्णु बहादुर कार्की, हरिहर फुयांल, ईन्द्र खनाल र स्वर्णा ताम्राकार हुनुहुन्छ । त्यसैगरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिव प्रसाद घिमिरे, उदय चापागाईं, मोहनकुमार सुनार, रमेश प्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा. हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनित भएको छन् ।

परिषद्का सभापति अन्जन श्रेष्ठले सबै वस्तुगत संघहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत संकलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । बैठकले परिषदका काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषि लगायतका महत्वपूर्ण क्षेत्रलाई समेटने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने निर्णय गरेको छ । त्यसैगरी वस्तुगत संघहरूबाट क्षेत्रगतरुपमा सुझाव संकलन गरी सरकारमा पेश गर्न छिट्टै एक वृहत छलफल कार्यक्रमको आयोजना गर्ने र परिषदका आगामी कार्ययोजनाहरू छिट्टै तयार गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।

परिषद्ले वस्तुगत सदस्य संघहरू वीच समन्वय एवं समझदारी कायम गर्ने र सदस्यहरूको समस्या पहिचान गरी समाधानका उपाय खोजी कार्यकारिणी समितिमा प्रस्तुत गर्ने काम गर्छ । त्यसका साथै परिषदले आफ्नो वर्ग र क्षेत्रसंग सम्बन्धित बिषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निष्कर्ष तथा सुझावहरू कार्यान्वयनको लागि पेश गर्ने लगायतका कामहरु गर्ने महासंघको विधानमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।