राधी विद्युत कम्पनीको बम्पर लाभांश घोषणा

0
Shares

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न बम्पर लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ २ गते सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिबाट प्रस्तावित उक्त बोनस आगामी १५ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले बोनसको कर वितरणका लागि नगद लाभांश प्रस्ताव नगरेकाले बोनसमा लाग्ने कर भने लगानीकर्ता आफँले तिर्नुपर्नेछ । 

हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ । प्रस्तावित १७ करोड २८ लाख ४८ हजार १२२ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रूपैयाँ पुग्नेछ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।