बुधबार सामान्य बढेको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै नेप्से परिसूचक ३१६२.४० विन्दुमा पुगेको हो ।
इन्ट्रा डे कारोबारमा भने नेप्से ३१९८ विन्दुसम्म पुगेको थियो । बुधबार नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० विन्दुमा पुगेको छ ।
आज १५ अर्ब ४५ करोड ५९ लाख बराबरको कारोबार भएको छ । मंगलबार भने १७ अर्ब ८४ करोड ६१ लाख बराबरको कारोबार भएको थियो । यस दिन २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद बिक्री भएको छ।
यसदिन कारोबारमा आएकामध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रु रु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्श र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको ६८ करोडको कारोबार भयो । बुधबार ७४ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । ७ वटाको स्थिर छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया