बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको निष्काशन गरेको आईपीओमा आवेदन दिन मंगलबार अन्तिम मौका रहेको छ ।
कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १४ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि नुवाकोट जिल्लाको आयोजना प्रभावित बासीन्दाहरुलाई शेयर जारी गरेकोमा सोमबार सरकारले सार्वजनिक विदा दिएसँगै मंगलबारसम्म समय थप भएको हो ।
यसअनुसार कम्पनीको आईपीओमा नुवााकोटबासी स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुले भदौ १५ गते मंगलबार अर्थात आज कार्यालय समयसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमा शुक्रबारसम्म मागको तुलनामा ३८३ प्रतिशत धेरै शेयर माग भएको छ ।
आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कमशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपि आईपअीो ग्रेड ४’ प्रदान गरेको छ ।
प्रतिमेगावाट लागत २० करोड
कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिहेको छ । निर्माण भइरहेको उक्त आयोजनाको कुल लागत ९८ करोड ३० लाख रुपैयाँ छ । जसअनुसार प्रतिमेगावाट लागत १९ करोड ७० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
आयोजनाको लागत ६५ प्रतिशत कर्जाबाट र ३५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ । आयोजनाको निर्माण कार्य अहिलेसम्म ६० प्रतिशतभन्दा बढी सकिएको छ ।
एक अर्ब रुपैयाँको लागतमा बन्न लागेको उक्त आयोजना निर्माणको अगुवाइ सिद्वार्थ बैंकले गरेको छ । उक्त बैंकको अनुगावइमा बैंक अफ काठमाण्डू, माछापुच्छे बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ऋण उपलब्ध गराएका छन् ।
बुद्धभुमीका प्रमुख शेयरधनीहरुमा पूर्णलाल श्रेष्ठ, प्रमोद खड्का, अनिलकुमार थापा र बलराम खतिवडा लगायतको लगानी रहेको छ । जसमा प्रमोद खड्काको १९ प्रतिशत, पूर्णलाल श्रेष्ठको ११ प्रतिशत, अनिलकुमार थापाको ७ प्रतिशत, बलराम खतिवडाको ७ प्रतिशत हिस्सा रहेको छ । कम्पनीमा ७९ जना संस्थापक छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया