अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले एकसाथ बोनस र हकप्रद घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको भदौ ३१ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै सो बैठकले बोनसपछि कायम चुक्ता पूँजीको १ बराबर ०.५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ । प्रस्तावित बोनस र हकप्रद साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा जानेछ ।
बोनस शेयर वितरण र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार असोज १० गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया