नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार रुरु जलविद्युत् परियोजना लिमिटेडको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ ।
समायोजनपछि कम्पनीको शेयरमूल्य १ हजार २०६ कायम भएको छ । सोही मूल्यका आधारमा बिहीबार कम्पनीको कारोबार खुल्नेछ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य १ हजार ३२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले साधारण सभाका लागि बुक क्लोज गरेपछि मूल्य समायोजन गरिएको हो।
कम्पनीले आव २०७६/७७ बाछ १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, आव २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया