सानिमा माई हाइड्रोले १०.५३% लाभांश बाड्ने, साधारण सभा कातिक ११ मा

0
Shares

सानिमा माई हाइड्रोपावर लिमिटेडले साढे १० प्रतिशत लाभांश वितरणका साथै सञ्चालक चयन लगायतका प्रस्ताव राखेर १०औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा कात्तिक ११ गते सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.५२  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ९२ लाख रुपैयाँ छ ।

सभाको अन्य प्रस्तावमा कम्पनीका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने साथै प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि असोज १८ गते (एक दिन) बुक क्लोज गरिने भएकोे छ । जस अनुसार असोज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।