व्यवसायी सुमार्गीले सात अर्ब खर्चेर माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्दै

0
Shares

व्यवसायी अजयराज सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने भएका छन् । जलविद्युत आयोजना निमार्णका लागि सुमार्गीले पाँचवटा वाणिज्य बैंकहरुसँग ऋण लिने सम्झौता गरेका छन् ।

आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लि. को अगुवाईमा नेपाल एस.बि.आई बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र सिभिल बैँकबाट ऋण लगानी गर्नेछन् । प्रवद्र्धक कम्पनी एवं बैँकहरु बीच असोज १२ गते मंगलबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

अनुमानित लागत करिब ७ अर्ब ३३ करोड रहेको परियोजना बैंकहरुको ७५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड बराबरको ऋण लगानी र २५ प्रतिशतको स्वः पूँजी प्रवद्र्धकहरुबाट जुटाइने गरी निमार्ण गरिन लागिएको हो ।

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रत्रृmया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ ।

बागमती प्रदेशको धादिङ्ग जिल्ला साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग गा.वि.स. (हालको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका) मा निर्माण हुने आयोजना धादिङ्ग आँखु खोला हाइड्रो प्रा. लि द्धारा प्रवद्धित रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।