रिडी हाईड्रोपावर डेभलपमेण्ड कम्पनी (RHPC) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई करसहित १२.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक १२ गते जुम मार्फत २० औं साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।
अघिल्लो आव २०७६/७७ बाट रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले शेयर लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया