अमेरिकामा कोभिडका कारण बढेको वेरोजगार दरमा कमी आई महामारीपूर्वको अवस्थामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बुधबार दावी गरेको छ।
सरकारले बुधबार कोभिड–१९ को कारण सामाजिक दूरी कायम गर्दा अपनाइएका उपाय र महामारीको भयका कारण प्रविधि, उद्योग तथा खाद्यान्न उत्पादनमा परेको क्षतिका कारण प्रभावित अमेरिकी अर्थतन्त्रले बिस्तारै महामारीपूर्वको अवस्थामा पुगेको दावी गरेको हो ।
अहिलेको बेरोजगारी दर महामारीपूर्वको भन्दा न्यून अवस्थामा पुगेको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।
वेरोजगार लाभका लागि दर्ता भएका नयाँ निवेदनहरू कोभिडपूर्वको स्तरभन्दा कम भएको मन्त्रालयको दावीे छ ।
नोभेम्बर २० को अन्त्यमा सहायताको लागि एक लाख ९९ हजार निवेदन दर्ता भएका श्रम विभागले जानकारी गराएको छ । यो तथ्याङ्कले श्रम बजारको अवस्थाको नजिकबाट नियालिरहेका सूचकलाई सन् २०२० मार्च १४ भन्दा निकै कम गरेको देखाएको समाचारलाई अमेरिकी सञ्चारमाध्यमले बुधबार विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया