एलन मक्सको इन्टरनेट कम्पनी ‘स्टारलिङक’ ले प्रदान गर्ने इन्टरनेट सेवामा भारतले प्रतिबन्ध लगाएको छ । ’स्टार–लिंक’ स्पेस एक्सकै एक एकाइ हो । जसले ‘लो अर्थ अर्बिट’ स्याटलाइटको सहायताले भारतको ग्रामिण इलाकामा ब्रोडब्यान्ड ईन्टरनेट सेवा प्रदान गर्ने भनेर विज्ञापन गरेको थियो ।
त्यही बिज्ञापनलाई साचो मानेर करिब ५ हजार भन्दा धेरै मानिसले स्टार–लिंकको ब्रोड–ब्यान्ड सेवाको बुकिङ गरेका थिए । भब्य रुपमा बिज्ञापन गरेको स्टारलिंकले ईन्टरनेट सेवा बिस्तार गर्नको लागि अत्यावश्यक पर्ने सञ्चालन लाइसेन्स भने लिएको छैन । अनुमतिपत्र नभई कुनै पनि सेवा प्रदान गर्न नपाइने भएकोले भारतिय केन्द्र सरकारको दुर सञ्चार विभागले स्टार–लिंकलाई प्रतिबन्ध लगाएको छ ।
विभागले शुक्रबार एक वक्तव्य मार्फत स्टारलिङकले स्याटलाइट ब्रोड्ब्यान्ड ईन्टरनेट सेवा सन्चालन गर्न लाइसेन्स नलिएकोले भारतीय जनतालाई सचेत भइ बस्न र स्टारलिंकको नाममा आएका बिज्ञापनलाई आधार मानेर सेवा खरिद सम्झौता समेत नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया