मुद्रास्फीति अप्रत्यासित तथा अनुमान गर्न नसकिने अवस्थामा: जेरोम पावेल

0
Shares

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बका अध्यक्ष जेरोम पावेलले विश्वको मुद्रास्फीति अप्रत्याशित तथा अनुमान गर्न नसकिने अवस्थामा पुगेको बताएका छन् ।

मुद्रास्फीतिको सुरुवाती दशकमा मुद्रास्फीति अस्थायी हुने बताएका पावेलले मुद्रास्फीतिको अनुमान गर्ने खेल बन्द गर्नुपर्ने धारणा राखेका छन् ।

पावेलले अमेरिकाको फेडरल रिजर्भ र विश्वका अन्य केन्द्रीय बैंकहरूमा चलिरहेको मुद्रास्फीतिको अनुमान गर्ने खेल बन्द गरी महंगीको नियन्त्रणतर्फ लाग्न सुझाब दिएका छन् ।

मुद्रास्फीतिको समस्यालाई समयमै समाधान गरिएन भने जनताको विश्वास गुमाउने जोखिम हुन्छ भन्दै विश्वका शक्तिशाली केन्द्रीय बैंकहरूलाई एकजुट हुन आह्वान समेत गरेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।