विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालन

0
Shares

विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट बनेका दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् ।

विश्व बैंकका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश नम्बर २ को जनकपुर प्रादेशिक अस्पतालमा निर्माण भएका प्लान्टहरू सञ्चालनमा आएका हुन् । संचालनमा आएका ती अक्सिजन प्लान्ट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

विश्व बैंकको आर्थिक सहायतामा निर्माण गरिएको उक्त अक्सिजन प्लान्टले कोभिड–१९ को समयमा भएको अक्सिजन आपूर्तिको समस्यालाई समाधान गरी अस्पताललाई अक्सिजन उत्पादनमा स्वःनिर्भर बनाउने छन्। प्रादेशिक अस्पतालमा हुने अक्सिजन अभावलाई यी अक्सिजन पलान्टले टार्ने विश्वास गरिएको छ।

त्यसैगरी विश्व बैंककै सहायतामा निर्माण गरिएका अक्सिजन पलान्ट डिसेम्बर २० बाट बाँकी पाँच प्रदेशका अस्पतालहरुमा पनि सञ्चालनमा आउने छन्। प्रदेश १ को दमक अस्पताल, बाग्मति प्रदेशको हेटौंडा अस्पताल, गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल र सुदुर–पश्चिमको महाकाली प्रादेशिक अस्पतालमा सञ्चालनमा आउने छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।