होलोग्राम प्रविधि फोटोग्राफिक प्रविधिको अर्को चरण हो, जसले कुनै वस्तुबाट छरिएको प्रकाशलाई रेकर्ड गर्छ र त्यसलाई त्रि–आयामिक (थ्री डी) वस्तुको रूपमा प्रस्तुत गर्दछ ।
होलोग्राम कुनै विशेष उपकरण बिना देख्न सकिन्छ। विभिन्न प्रकारका होलोग्रामहरू जस्तै ट्रान्समिसन होलोग्राम, इन्द्रेणी होलोग्रामदेखि हालैका थ्रीडी होलोग्रामहरू विकसित भएका छन् ।
एक दृश्य कल्पना गर्नुहोस्, जहाँ तपाईं आफ्नो विदेशमा रहेको साथीसँग कुराकानी गर्दै हुनुहुन्छ र अचानक जुन साथीसँग कुराकानी गर्दै हुनुहुन्छ उसको आकृति तपाईं सजिलै देख्न सक्नुहुन्छ र आफ्नै छेउमा बसेको आभाष गर्न सक्नुहुन्छ । त्यो नै होलोग्राम प्रविधि हो ।
प्रविधिको विकास सँगै आविष्कार गरिएको होलोग्राम प्रविधिले आगामी दिनहरुमा भिडियोकललाई पछि पार्ने आशंका विज्ञहरुले गरेका छन् । कोरोनाभाइरस महामारीले मार्च २०२० देखि धेरै विश्वव्यापी यात्रामा प्रतिबन्ध लगाउन पुगेको छ । यस्तो कोरोनाले आक्रान्त पारेको समयमा सम्पन्न मुलुकहरुमा होलोग्रामको प्रयोगमा मानिसहरुको चासो बढ्दै गएको छ ।
होलोग्राम पद्धति महंगो हुने भएकाले यसलाई विकसित राष्ट्रहरुमा विशेषत सैनिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा, अनुसन्धानको क्षेत्रमा प्रयोग गरिन्छ । भावी समयमा यस प्रविधिको महंगो शुल्कमा कमी आई, अधिकतम मानिसहरुले होलोग्राम प्रविधिको प्रयोग हुनेछ भन्ने कुरामा आशावादी हुन सकिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया