ओपेकको बैठक पूर्व तेलको मूल्य स्थिर

0
Shares

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थिरता देखिएको छ। तेल उत्पादक राष्ट्रहरु संगठन (ओपेक) ले उत्पादनलाई लिएर सकरात्मक धारण भएसँगै लामो समयसम्म अस्थिर भइरहेको तेलको मूल्यमा स्थीरता आएको हो ।

जनवरी ४ मा हुने भनिएको तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) को बैठक हुनु अगाडि सम्म तेलको मूल्य स्थिर रहेको छ। तेल उत्पादक राष्ट्रहरुले उत्पादन बढाउने सम्झौता स्वीकार गरे लगत्तै लगानीकर्ताहरु उत्साहित भएका छन् ।

विश्व तेल आयात संस्था बे्रन्ट क्रुडले ७९.२० अमेरिकी डलर प्रति ब्यारल र अमेरिकी तेल आयातकर्ता वेस्ट टेक्सास इन्टरमिडिएटले प्रति ब्यारल ७६.२९ अमेरिकी डलरमा तेल खरीद गरेका छन् ।

सन् २०२२ को फेब्रुअरी महिनाबाट ओपेग राष्ट्रहरुले दैनिक रुपमा ४ लाख ब्यारल तेलका दरले तेल निर्यात गर्नेछन् । तेलको मूल्य कायम रहेपनि बढ्दै गरेको कोभिडका केसहरुले लगानीकर्ताहरुलाई थोरै निरुत्साहित गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।