विश्व सुन बजारलाई टक्कर दिँदै क्रिप्टो करेन्सी

0
Shares

क्रिप्टो करेन्सीको व्यापार विश्वव्यापी रुपमा बढेसँगै विज्ञहरुले अनेकन अड्कल लगाईरहेका छन् ।

विज्ञहरुले क्रिप्टो करेन्सीले विश्व सुन बजारलाई पछि पार्दै स्टोर अफ भ्यालु मार्केटमा बर्चस्व जमाउन सक्ने सम्भावना बढेको बताएका हुन् ।

कुल ७०० बिलियन बजार पूँजीकरण भएको क्रिप्टो करेन्सी बिटकोइन र २.६ ट्रिलियन बजार पूँजीकरण रहेको सुन बजारको तुलना गर्दा आउने समयमा बिटकोइनको मुल्य बढी हुने आंकलन गोल्डम्यान स्याचका विज्ञले गरेका छन् ।

४६ हजार ७३ अमेरिकी डलर प्रति कोइनमा किनबेच भइरहेको बिटकोइन सन् २०२० को नोभेम्बरमा प्रति कोइन ६९,००० डलरमा कारोबार भइरहेको थियो । २०२० को डिसेम्बर देखि मूल्य घटेको बिटकोइनको भविष्य राम्रो रहेको विज्ञहरुको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।