ओपेकले आपूर्ति कम गरेपछि चुलियो कच्चा तेलको मूल्य

0
Shares

तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) ले कच्चा तेलको आपूर्तिमा कडाइ गरे लगत्तै अन्तराष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ ।

तीव्र रुपमा फैलिएको ओमिक्रोन र फेडरल रिर्जभले औसत व्याज दर वृद्धि गर्ने भनेपछि कच्चा तेलको मूल्यमा उतारचढाव आएको हो । गत हप्ता बसेको ओपेकको बैठकमा प्रतिदिन ४०० हजार ब्यारल तेल रिलिज गर्ने भनियता पनि ओपेक राष्ट्रहरुले उक्त माग सम्बोधन गर्न नसक्दा तेलको मूल्यमा वृद्धि आएको विश्लेषकहरुको भनाइ छ ।

प्रमुख तेल आयातकर्ता ब्रेन्ट क्रुडले गत हप्ता ७९.२० प्रति ब्यारलमा कारोेबार गरिरहेको थियो भने यो हप्ता उक्त मूल्यमा ०.५ प्रतिशत वृद्धि भई ८१.२७ प्रति ब्यारलमा कारोबार भइरहेको छ ।

त्यसैगरी अमेरिकी तेल आयातकर्ता वेस्ट टेकसास इन्टरमिडिएटले ७७.२९ प्रति ब्यारलमा कारोबार गरेको थियो भने यो हप्ता उक्त मूल्यमा ०.७ प्रतिशतले वृद्धि भई ७८.७५ प्रति ब्यारलमा कारोबार भइरहेको छ ।

बढ्दै गरेको ओमिक्रोनका कारण कतिपय देशहरुमा निषेधाज्ञा अवलम्बन गरिएको हुँदा आपूर्ति अभाव हुन गई कच्चा तेलको मूल्यमा आकस्मिक वृद्धि भएको कोटाक सेक्युरिटिजका विश्लेषकको भनाइ रहेको छ ।

यस अघि भएको सम्झौता अनुरुप आपूर्ति सङ्ख्या वृद्धि गर्ने भनेता पनि लिबियामा भइरहेको पाइपलाइन मर्मतको कामले गर्दा आपूर्ति कम हुन गई मूल्य वृद्धि हुन गएको विज्ञहरुको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।