ओमिक्रोनका कारण बेलायती अर्थतन्त्र सुस्ताउँदै

0
Shares

बेलायत उद्योग महासंघले गरेको अध्ययन अनुसार सन् २०२१ अप्रिल पछिका महिनाहरुमा बेलायती उद्योग व्यवसाय सुस्ताएको पाइएको छ।

महासंघको मासिक वृद्धि सूचाङ्कमा प्रकाशित निर्माता, खुद्रा विक्रेता र अन्य सेवा व्यवसायहरूको त्रैमासिक वृद्धि दरमा आधारित सर्वेक्षण अनुसार डिसेम्बरमा +२१ रहेको वृद्धि दर जनवरीमा +१२ मा झरेको छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण स्थलगत किनबेचमा उल्लेख्य रुपले कमी आएको छ। कोरोनाका कारण शिथिल भएको अर्थतन्त्र अलिकति पनि मौलाउन नपाउँदै ओमिक्रोन फैलिँदा बेलायती सरकारले घरमै बसेर काम गर्ने अर्थात् वर्क फ्रम होम विधि लागु गरेको थियो।

त्यसका साथसाथै ओमिक्रोनका कारण पब, रेस्टुरेन्ट तथा अत्यावश्यक बाहेकका अन्य सबै सेवा सुविधा बन्द गर्दा नागरिकहरुले गर्ने खर्चमा कमी आएको थियो। त्यति मात्र नभई उद्योग व्यवसाय क्षेत्रमा लगानी कम हुँदै जाँदा पनि आर्थिक विकासले पहिलेको गति लिन नसकेको उद्योग महासंघका विश्लेषकहरुको भनाइ रहेको छ।

अर्थतन्त्रमा गम्भीर असर पार्ने अर्को कारक तत्व मुद्रास्फिीति ३० वर्ष यताकै उच्च ६ प्रतिशत पुगेको छ। मुद्रास्फिीति कम गर्ने लक्ष्यले बेलायती केन्द्रिय बैंकले गत डिसेम्बर महिनामा ०.१ प्रतिशत औसत ब्याज वृद्धि गरी ०.२५ प्रतिशत बनाएको थियो। र हालै ०.२५ बाट ०.५ प्रतिशत पु¥याउने तयारी गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।