नोभेम्बरदेखि ओरालो लागेको बिटकोइनको मूल्य फेब्रुअरीमा उकालो लाग्दै

0
Shares

सन् २०२१ को नोभेम्बर महिनाबाट घटेको क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य २०२२ को फेब्रुअरीको पहिलो सातबाटै उकालो लागेको छ ।

सन् २०२२ को जनवरी २४ मा पछिल्लो समयकै न्यून ३२ हजार ९५० डलर प्रति कोइन पुगेको बिटकोइनको मूल्य फेब्रुअरी ६ मा आउँदा ४१ हजार ५७५ पुगेको हो । यो वृद्धि गत महिनाको तुलनामा २७ प्रतिशतले धेरै हो ।

त्यसैगरी इथेरियम अन्तर्गतको इथरको मूल्यमा पनि क्रमिक रुपमा सुधार आएको छ । सन् २०२२ को जनवरी २१ देखि घटेको इथरको मूल्य फेब्रुअरीको सुरुवातबाट नै बढ्दै आइरहेको छ । जनवरीमा २ हजार ६०४ भएको इथरको मूल्य फेब्रुअरीमा बढेर ३ हजार ८ डलर पुगेको छ ।

विश्वकै ठूलो इन्फोटेक कम्पनी फेसबुकको माउ कम्पनी मेटाको सेयर घट्दा क्रिप्टोको मूल्य भने बढ्न पुगेको छ । यसले लगानीकर्ताहरु क्रिप्टोकारोबारमा आकर्षित हुँदै गएको पुष्टि गरेको विश्लेषकहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।