रुस र युक्रेनबीचको द्धन्द्धको असर एशियाली सेयर बजारमा

0
Shares

रुसले युक्रेनलाई आक्रमण गर्ने खतरा बढेपछि त्यसको असर एशियाली देशका सेयर लगानीकर्तामा पनि परेको छ । रुस र युक्रेनबीचको बढ्दो तनावका कारण लगानीकर्ताहरु दोधारमा परेपछि एशियाली सेयर बजार घटेको हो ।

अमेरिकी र युरोपेली सेयर बजारमा बीयरिस प्रवृत्ति सुरु भए लगत्तै एशिया–प्यासिफिक सेयर बजारको बृहत्तम सूचकांक एमएससीआई ०.५ प्रतिशत तल झरेको छ ।

त्यसैगरी जापानको निक्की ०.९१ प्रतिशतले घटेको छ भने अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स २०० पनि ०.५१ प्रतिशतले घटेपछि बजार बन्द हुन पुगेको छ । हङकङको ह्याङ सेङ इन्डेक्स १.१० प्रतिशतले घट्न पुगेको छ । चिनियाँ सेयर बजारमा सेयरको माग भन्दा आपूर्ति बढि भएपछि सीएसआई ३०० इन्डेक्सले चीन क्षेत्रभरि सेल–अफलाई स्थगित गरेको थियो जसकारण सेयर बजार ०.७० प्रतिशतले बढ्न पुगेको छ ।

घट्दो सेयर बजारलाई उदिृत गर्दै जेपी मोरगन एसेट म्यानेजमेन्टकी ग्लोबल रणनीतिज्ञ मारसेला चाओले भू–राजनीतिक जोखिम बढ्दै जाँदा यसले सेयर लगानीकर्ताहरुको सेन्टिमेन्ट परिवर्तन गराई बजारको दिशा निर्देश गर्न पुगेको बताएकी छिन् । बढ्दो टकरावले लगानीकर्ताहरु अतालिएको र सेयर बजार बाहेकका अरु सुरक्षित मानिएका लगानीका स्रोत जस्तै सुन, डलर र सेक्युरिटिजहरुमा लगानी गरेको चाओको भनाइ छ ।

यसको विपरित विश्वबजारमा सेयर घटिरहेको समयमा सुनको मूल्यमा ०.४० प्रतिशतले वृद्धि भएको छ भने कच्चा तेलको मूल्य पनि सात वर्ष यताकै उच्चतम हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।