छोटो समयमा चर्चामा आएको मेटाभर्स, अवैध फण्डड संकलन उपकरणको रूपमा प्रयोग भइरहेको हुनाले यस सम्बन्धी सचेत रहन चीनको बैंकिङ र बीमा नियामकले चेतावनी दिएको छ ।
चिनियाँ बैंकिङ तथा इन्स्योरेन्स नियामक कमिसनले आफ्नो वेबसाइटमा प्रकाशित विज्ञप्तिमा केही कम्पनीहरूले मेटाभर्सको प्रयोग गरी अवैध रुपमा पैसा संकलन गर्ने, ठगी गर्ने र भर्चुअल्ली नै रियल इस्टेट किनबेच गर्न मिल्ने जस्ता विज्ञापन गरिरहेका बताएको छ ।
कमिसनले जारी गरेको विज्ञप्तिमा ठगी हुनदेखि सावधान रहन र कुनै शंकास्पद अपराध थाहा पाएमा सम्बन्धित स्थानीय विभागहरूमा जानकारी गराउन आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया