रुस-युक्रेन युद्धको असर: युरोपदेखि एसियाली सेयर बजार प्रभावित

0
Shares

रुस र युक्रेनबीचको युद्ध लम्बिँदै जाँदा त्यसको असर सेयर बजारमा देखिएको छ ।

युद्धका कारण विभिन्न देशहरुले आर्थिक प्रतिबन्ध लगाउँदा रुसी सेयर बजार विगत ४ दिनदेखि बन्द भएको छ ।

युद्धको असर रुसी बजारमा मात्रै सीमित भएको छैन । युद्धका कारण एसियाली सेयर मार्केट र युरोपेली सेयर मार्केट पनि ओरालो लागेको छ ।

युरो स्टक्सस ५० फ्युचर्स ०.१३ प्रतिशतले ओरालो लागेको छ भने जर्मन डाक्स फ्युचर्स पनि ०.१७ प्रतिशत घटेको छ । त्यसैगरी एसिया प्यासिफिक शेयर सूचांक एमएससीआइ सूचांक ०.५६ प्रतिशतले घटेको छ ।

यसैबीच जापानी सेयर सूचांक निकेइ १.६८ प्रतिशतले ओरालो लागेको छ । चीनको सीएसआइ ३०० सूचांक पनि १.१२ प्रतिशतले घटेको छ ।

अमेरिकी एसएन्डपी ५०० र नासदाक १.६ प्रतिशतले घटेका छन् । डो जोन्स इन्डिसट्रियल एभरेज पनि १.८ प्रतिशतले तल झरेको छ । युरोप, अमेरिका, एसियाको सेयर बजार आरालो लागेको समयमा अस्ट्रेलियाको एएसएक्स २०० सूचांक भने ०.२८ प्रतिशतले बढेको छ ।

रुस र युक्रेनबीचको युद्ध लम्बिँदै जाँदा विश्वकै सेयर बजारमा अनिश्चित समयसम्म प्रभाव पर्ने आइएन्जीका विज्ञहरुको भनाइ रहेको छ ।

विश्व सेयर बजार ओरालो लागेको समयमा सुन र कच्चा तेलको मूल्य भने आकाशिएको छ । कच्चा तेलको मूल्य आठ वर्ष यताकै उत्कर्षमा पुगेको छ भने सुनको मूल्य १८ महिना यताकै उच्च रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।