जापानी येन ५ वर्ष यताकै कमजोर अवस्थामा

0
Shares

जापानी येन पाँच वर्ष यताकै कमजोर हुन पुगेको छ । अमेरिकी केन्द्रिय बैंक तथा बैंक अफ इङ्गल्यान्ड औसत ब्याजदर वृद्धि गर्न तयार रहेको अवस्थामा बैंक अफ जापानले नकरात्मक औसत ब्याजदर कायम गर्दा येन पाँच वर्ष यताकै कमजोर विन्दुमा पुगेको छ ।

एसियाली विनिमय बजारमा एक डलर बराबर ११७.८८ येन हुन पुगेको छ । उक्त विनिमय दर सन् २०१७ जनवरी महिना यताकै कमजोर हो ।

उता रुस र युक्रेनबीच युद्ध भइरहँदा खाद्यानको अभाव र मूल्य बढेको छ । रुस–युक्रेन शान्ति सम्झौतामा आए डलर अलिकति कमजोर हुने प्रक्षेपण गरिएता पनि, रुस–युक्रेन सम्झौतामा नआउँदा उक्त सम्भावना न्यून रहेको छ । यसका साथै रुस–युक्रेन युद्धले फेड र बेलायती केन्द्रिय बैंकले औसत ब्याजदर वृद्धि नगर्ने जस्तो देखिएपनि औसत ब्याजदर वृद्धि गर्ने जापानी एमयुएफजी बैंकका विश्लेषकले बताएका छन् ।

युक्रेनमा आक्रमण बन्द नहुँदा सम्म अमेरिकी डलरको मूल्य उच्च रहने छ । युद्धका कारण विश्वव्यापी रुपमा मुद्रास्फीतिले समस्या उत्पन्न गराएको समयमा अमेरिकी केन्द्रिय बैंकले ०.२५ प्रतिशतले वार्षिकरुपमा ६ देखि ७ पटक सम्म औसत ब्याज दर वृद्धि गर्ने विश्लेषकहरुको भनाई छ । त्यसै गरी बेलायती केन्द्रिय बैंकले पनि ०.२५ प्रतिशतकै दरमा ६ पटक सम्म ब्याजदर वृद्धि गर्ने प्रक्षेपण जापानी विश्लेषकले गरेका छन् ।

अरु देशहरुले ह्वाकिस नीति अवलम्बन गरिरहेको बेलामा जापानले डोभिस नीति अपनाइ रहेको छ । कोभिड–१९ले विक्षिप्त पारेको अर्थतन्त्र उकास्न जापानले अहिले पनि रोजगारी दर वृद्धि गर्नमा ध्यान दिइरहेको छ ।

रुस–युक्रेन युद्धको प्रभाव युरोपेली बजारमा पर्ने हुँदा पाउन्ड स्ट्रलिङ्ग पनि डलरको तुलनामा कमजोर भएको छ भने महंगी दर बढिरहेको छ । डलर बढेसँगै अमेरिकी टे«जरी सेक्युरिटिजहरुको ब्याजदर कुपन रेटमा वृद्धि आएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको महंगीलाई सम्बोधन गर्दै टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मक्सले ट्वीटरमा ट्वीट गरेका छन् । मुद्रास्फीतिको समयमा रियल स्टेट, स्टक जस्तो भौतिक सम्पत्तिमा लगानी गर्दा नाफा हुने बताएका छन् भने आफूसँग इथर, बिटकोइन र डोगीकोइन जस्ता क्रिप्टोकरेन्सी भएको र नबेच्ने बताएका छन् । मक्सको ट्वीटका कारण क्रिप्टो लगानीकर्ताहरु प्रभावित हुँदा बिटकोइन र इथरको मूल्य बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।