युरोपियन युनियनद्धारा चेल्सीका सञ्चालक अब्रामोवीचलाई प्रतिबन्ध

0
Shares

युरोपियन युनियनले प्रतिबन्ध लगाइरहेका रुसी धनाढ्यहरुको सूचीमा प्रख्यात फुटबल क्लबका सञ्चालक रोमन अब्रामोवीच पनि परेका छन् ।

रुसले युक्रेनमा युद्ध सुरु गरेपछि नै बेलायत, अ‍ेमेरिका तथा युरोपेली राष्ट्रहरुले रुसी बैंक तथा रुसी धनाढ्य व्यक्तिहरुमा प्रतिबन्ध लगाउन सुरु गरेका छन् । यसै क्रममा प्रतिबन्धित धनाढ्यहरुमा अब्रामोवीच पनि परेका छन् ।

एक स्रोतका अनुसार अब्रामोवीचको नाम आइतबार सूचीमा राखिएको थियो । युरोपियन युनियनका १० कुटनितिज्ञहरुले रोमन अब्रामोवीचमाथि लगाइएका प्रतिबन्धहरुलाई स्वीकृत गरेका छन् । रोमन अब्रामोवीचमाथि लगाइएका प्रतिबन्धहरु युरोपियन युनियनको जरन्लमा प्रकाशित भएपछि लागुहुने छन् ।

प्रतिबन्ध अनुसार रोमनका सबै स्टेट एसेटहरु फ्रीज गरिने भएको छ भने रुसी कर्पोरेट सेक्टरको मार्फत विश्वव्यापी अर्थतन्त्रबाट पनि प्रतिबन्ध लगाइएको छ ।
रुसबाट २७ राष्ट्रहरुले विलासी कार आयातमा रोक लगाएका छन् । भने युरोपेली राष्ट्रहरुले स्टील तथा फलाम आयातमा पनि प्रतिबन्ध लगाएका छन् ।

प्रतिबन्ध लगाउने रुसी धनाढ्यहरुको सूची बढिरहेको छ भने अब्रामोवीचलाई बेलायतले यस अघि नै कालोसूचीमा राखिसकेको छ ।

रोमन अब्रामोवीचले चेल्सी क्लब सन् २००३ मा किनेका थिए । उनको स्वामित्वमा चेल्सी आएपछि पाँच पटक चेल्सीले च्याम्पियन लिग्स जितेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।