क्रिप्टोकरेन्सीबाट गरिने भुक्तानीमा रोक लगाउँदै थाइल्याण्ड

0
Shares

क्रिप्टोकरेन्सीबाट गरिने कारोबारमा अप्रिलबाट प्रतिबन्ध लगाउने गरी थाइल्याण्डले नयाँ नियम जारी गरेको छ ।

क्रिप्टोकरेन्सी लगायतका अन्य डिजिटल मुद्राहरुले देशको आर्थिक स्थीरता र सिङ्गो अर्थतन्त्रमा नै प्रभाव पार्ने कारण बताउँदै थाइल्याण्डको केन्द्रीय बैंक, बैंक अफ थाइल्याण्ड र धितोपत्र तथा विनिमय आयोगले उक्त नीति अघि सारेका हुन् । जसअनुसार सबै डिजिटल मुद्रामा कारोबार गर्नेहरुले यो नीति आएको ३० दिन भित्रमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गर्न बन्द गर्नुपर्ने छ ।

यसअघि पनि बैंक अफ थाइल्याण्डले क्रिप्टो कारोबार समर्थन नगर्ने बताएको थियो । डिजिटल तथा क्रिप्टोकारोबार सम्बन्धी नीतिबारे बैंक अफ थाइल्याण्डले आज थप प्रष्ट पार्ने छ ।

यस अघि इन्डोनेसियाले पनि क्रिप्टोकारोबारमा संलग्न कम्पनीहरुलाई कारोबार नगर्न चेतावनी दिएको थियो । नेपालमा पनि क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार वर्जित गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।