बेलायतमा मुद्रास्फीति दर ३० वर्ष यताकै उच्च

0
Shares

बेलायतमा मुद्रास्फीति दर ३० वर्ष यताकै उच्च पुगेको छ ।

सन् १९९२ मार्च महिनामा बेलायतको मुद्रास्फीति दर सबैभन्दा उच्च ७.१ प्रतिशत पुगेको थियो । त्यसपछि बेलायतमा मुद्रास्फीति दर अहिले सन् २०२२ को मार्च महिनामा ३० वर्ष यताकै उच्च, ६.२ प्रतिशत हुन पुगेको छ ।

यस अघि सन् २०२१ को डिसेम्बर महिनामा मुद्रास्फीति दर ५.४ प्रतिशत रहेको थियो।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अर्थशास्त्रीहरुले बेलायतको मुद्रास्फीति ५.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेका थिए । उक्त प्रक्षेपणमा सम्मिलत ३९ जना मध्यका तीन जनाले मात्रै अत्यधिक रुपले मुद्रस्फीति दर बढ्ने अनुमान गरेको थिए ।

गत साता बेलायती केन्द्रिय बैंकले मुद्रास्फीति दर ८ प्रतिशत पुग्ने अनुमान गरेको थियो । बढ्दो महंगीलाई न्युनीकरण गर्न अर्थमन्त्रालयले सक्रिय रुपमा काम गर्ने अर्थमन्त्री ऋषि सुनकले बताए ।

रुस–युक्रेन युद्धले इन्धन तथा खाद्यान्न वस्तुहरुको मूल्य वृद्धि हुँदा मुद्रास्फीतिले जटिल रुप लिँदै गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।