अमेरिकी अर्बपतिहरुलाई थोरै कर तिर्नुपर्ने व्यवस्था

0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२३ को बजेट योजना अनुसार अमेरिकी अर्बपतिहरुले थोरै कर तिर्नपर्ने व्यवस्था गरेका छन् ।

बाइडेनले अर्बपति तथा करोडपतिहरुमा कम कर लागु गर्नको लागि “बिलिनियर मिनिमम ट्याक्स” योजना अघि सारेका छन् । जस अन्तर्गत १०० मिलियन भन्दा धेरै कमाइ भएका धनाढ्यहरुलाई २० प्रतिशत कर तिर्ने व्यवस्था अघि सारेका छन्। यो व्यवस्थाको मुख्य टार्गेटमा अमेरिकी ७०० बढी करोडपति तथा अर्बपतिहरु रहेका छन् ।

यो योजना अन्तर्गत ७०० बढी घरपरिवारले यस अघि कर नतिरेका आफ्ना सम्पत्ति तथा लगानीहरुमा पनि न्युनतम २० प्रतिशत कर तिर्नु पर्ने छ । यो योजनाबाट करिब ३६० बिलियन डलर भन्दा धेरै राजस्व संकलन हुनेछ । जस कारण बजेट घाटा न्युनिकरण गर्न सहयोग मिल्ने छ ।

यस अघि बाइडेनले जलवायु परिवर्तन र यसले समाजमा पारेका असर बारेमा अध्ययन तथा अनुसन्धान गर्न अर्बपति कर योजना अघि सारेका थिए । विल्ड ब्याक बेटर नामक उक्त योजनाका समर्थक अपर्याप्त भएपछि उक्त योजना कार्यमा आउन सकेको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।