रुस–युक्रेन युद्धले निम्त्याएको मुद्रास्फीतिको समस्यालाई तत्काल नियन्त्रण गर्न जापानी प्रधानमन्त्री फुमियो किसिडाले सरकारलाई अप्रिल महिनाको अन्त्य सम्म अपत्कालिन उपायहरु संसदमा ल्याउन आदेश दिएका छन् ।
संसदलाई सम्बोधन गर्दै फुमियोले तत्कालीन अवस्थामा कोभिड–१९ मा संकलन गरिएको रिजर्भ फन्डलाई प्रयोग गर्न आदेश दिएका छन् ।
आफ्नो पार्टीगत गठबन्धका एक सदस्यले सोधेको प्रश्नमा उनले, बजेट बाहेकका अतिरिक्त बजेटहरुको प्रयोग नगर्ने या नगर्ने भन्ने बारेमा पनि अध्ययन गर्न भनेका छन् ।
जापानी केन्द्रीय बैंकले इल्ड क्यापमा आएको कमी पूर्ति गर्न असिमित सङ्ख्यामा यो हप्ताको सुरुवाती चार दिनको लागि ०.२५ प्रतिशत ब्याजदरमा जापानीज गर्भरमेन्ट बोन्ड किनिरहेको छ ।
केन्द्रीय बैंकको यस कदमले पनि जापानी येनलाई बलियो भने बनाउन सकेको छैन ।
इन्धन आयातमा रुसमा भर पर्ने जापानमा हुने इन्धनको आपूर्ति श्रृङ्खलामा अवरोध आउँदा जनमानस समस्यामा परेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया