रुस–युक्रेन शान्ति सम्झौताको लागि वार्ता हुने भएपछि घट्यो कच्चा तेलको मूल्य

0
Shares

रुस र युक्रेन शान्ति सम्झौताको लागि वार्ता गर्न टर्कीको स्तानबूल जाने भएपछि अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ ।

अन्तराष्ट्रिय तेल खरिद तथा बिक्रिकर्ता ब्रेन्ट क्रुडले आज १११.४१ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । रुसले युक्रेनमा विशेष सैनिक अप्रेसन सञ्चालन गरेपछि आकाशिएको तेलको मूल्य चीनमा लकडाउन भएसँगै घटेको छ ।

यस हप्ताको सुरुवातमा ब्रेन्ट क्रुडले करिब १२० ब्यारल प्रति डलरमा कारोबार गरेको थियो भने चीनमा लकडाउन हुँदा हिजो ११६ प्रति ब्यारलमा कारोबार गरेको थियो ।

त्यसैगरी अमेरिकी तेल निर्यातकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटी आइ)ले आज १०३.४६ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ । साताको सुरुवातमा डब्लुटी आइले ११३ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको थियो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसमाथि विभिन्न आर्थिक प्रतिबन्धहरु लगाइँदा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको थियो । रुस–युक्रेनबीच शान्ति सम्झैता सफल भयो भने पश्चिमा देशहरुले रुसमाथि लगाइएका प्रतिबन्धहरु केही सहज हुने र युरोपले रुसी तेल खरिदमा पूर्ण प्रतिबन्ध लगाउछ लगाउँदैन भन्ने निष्कर्ष आउने निसान सेक्युरिटिजका व्यवस्थापक हिरोयुकी किकुकावाले बताएका छन् । यसका साथै उक्त सम्झौताले इरानसँगको आणविक सम्झौता सञ्चालन गर्ने नगर्ने भन्ने बारेमा स्पष्टता आउने बताएका छन् ।

कोभिड–१९ संक्रमण बढेपछि चीनको साङ्घाई सहरमा नौ दिन लामो लकडाउन घोषणा गरिएको छ । जसकारण कच्चा तेलको मागमा केही प्रतिशतले कमी आउँदा तेलको मूल्य ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।