इन्धन तथा खाद्यान्नको मूल्य बढेपछि जापानको आर्थिक वृद्धिदर घट्ने

0
Shares

रुस–युक्रेन युद्धका कारण इन्धन तथा खाद्यान्नको मूल्य वृद्धि हुँदा जापानको आ.व २०२२/२३ को दोस्रो त्रैमासको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ ।

बढ्दो खाद्य सामग्री तथा इन्धनको मूल्यले जापानको आर्थिक वृद्धिदरलाई सुस्त गतिमा अघि बढाएको छ । संसारको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको दोस्रो त्रैमासको प्रक्षेपण ५.६ प्रतिशत हुने अनुमान गरिएको थियो । बढ्दो महंगी र जापानी येन कमजोर हुँदै गएपछि विश्लेषकहरुले जापानी अर्थतन्त्रको दोस्रो त्रैमासको

आर्थिक वृद्धि दर ४.९ प्रतिशतमा सीमित हुने अनुमान गरेका छन् ।
कोभिड–१९ संक्रमण नियन्त्रणमा आउँदै गर्दा दोस्रो त्रैमास जनताहरुको खर्च दर बढ्नु पथ्र्यो । तर, अत्यावश्यक सामग्री मै भएको मूल्य वृद्धिका कारण जनताहरुले खर्च पनि कटौती गर्दै गएका छन् । यसैकारण पनि दोस्रो क्वाटरको वृद्धिदर घट्ने अनुमान गरिएको हो ।

यसैगरी अप्रिल महिनाको अन्त्यसम्ममा प्रभावमा आउने गरी जापानी प्रधानमन्त्री फुमियो किसिदाले मुद्रास्फीति राहत ल्याउन आदेश दिएका छन् । एक अमेरिकी डलरका लागि जापानी येन १३० भन्दा बढीमा खर्चनू पर्ने अवस्था आएमा देशको अर्थतन्त्र ०.३ या ०.४ प्रतिशतले खुम्चिने विश्लेषकहरुले बताएका छन् ।

बिहीबार एक अमेरिकी डलर खरिदका लागि जापानी येन १२२.०९ खर्चनु पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।