युरोपियन देशहरुले रुबल मै कारोबार नगरे तेलको आपूर्ति बन्द गर्ने पुटिनको चेतावनी

0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरुलाई रुबलमा कारोबार गर्न दबाव दिइरहेका छन् ।

यसै सन्दर्भमा उनले रुबलमा कारोबार नगरे तेल आपूर्ति नै बन्द गर्ने चेतावनी दिएका छन् ।

रुसबाट तेल आयात गर्ने राष्ट्रहरुलाई पुटिनले रुसी बैंकमा रुबल खाता खोल्न लगाएका छन् । अप्रिल १ बाट हुने इन्धनको कारोबार सोही रुबल खाताबाट गरिने र रुबलमा कारोबार नगर्ने देशहरुमा आपूर्ति नै बन्द गर्ने पुटिनले बताएका छन् ।

रुसी इन्धनमा भारी मात्राले निर्भर जर्मनीले पुटिनको यो अभिव्यक्तिले ब्याकमेल गरेको जनाएको छ ।

पुटिनले रुसी टेलिभिजनसँग गरेको संवादमा सित्तैमा कुनै पनि देशले तेलको निर्यात नगरेको र आफूहरु च्यारिटी गर्न नबसेको बताएका छन् । तत्कालै रुबल बाहेक अरु मुद्रा प्रयोग गरी कारोबार गर्ने नगर्ने भन्ने सम्बन्धमा युरोपियन युनियनले भने केही बताएको छैन ।

यसै क्रममा इटालीले युरोपियन युनियनबाट ठोस उत्तर नआउँदासम्म रिजर्भबाट तेल रिलिज गर्ने बताएको छ । यता जर्मनले पनि आपूर्ति श्रृङ्खला अवरोधसँग कसरी जुध्नेबारे समाधानको बाटो पहिल्याउन सुरु गरेको छ ।

पुटिनको यो नीतिले रुसको मुद्रा रुबललाई युद्ध यताको अहिलेसम्मकै उच्च बनाएको छ । रुबलमा कारोबार गर्ने प्रक्रियाले रुसको सार्वभौमिकतालाई बलियो बनाएको उनले बताएका छन् ।

युरोपियन देशहरुले लगाएका प्रतिबन्धबारे पुटिनले, “के भइरहेको छ र के भइसकेको छ ? हामीले जस्तो परिस्थितिमा पनि तेल आपूर्ति गर्यौ । युरोपेली उपभोक्ताहरुले उक्त तेल उपभोग गरे र उनीहरुले तेलको रकम युरोमा भुक्तानी गरे । तर त्यही युरोपछि रुसमा प्रतिबन्ध लगाए । यसरी हामीले यति समयसम्म निःशुल्क नै तेल आपूर्ति गरेका रहेछाैं । यो प्रवृत्ति अब लामो समयसम्म अघि लैजान सकिँदैन । ” उनले बताएका छन् ।

पुटिनको उक्त घोषणापछि युरोपमा इन्धनको मूल्य ५ प्रतिशतसम्मले वृद्धि भएको छ ।

रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । उता युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ ।

इन्धन अभावसँगै भण्डारबाट तेल निकाल्न बाइडनको आदेश, ऊर्जा सङ्कट समाधान नहुने विश्लेषकको भनाइ

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।