रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा ‘दोब्बर भन्दा बढी’ सेना थप्ने पनि बताएको छ ।
रुसको सुरक्षा परिषद्का उप अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन्।
यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ ।
शनिबार युक्रेनमा रुसी आक्रमण भएको ५२ दिन पूगेकाे छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ । युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतावनी दिएका छन् ।
रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी
रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया