नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार देखिनै कार्यालय उपस्थित भई नियमित काम गर्ने भएका छन् । अधिकारीलाई छानवीन गर्नका लागि सरकारले समिति गठन गरेपनि निलम्बनमा परेका अधिकारीलाई नियमित काममा फर्कन अदालतले बाटो फुकाईदिएको हो ।
नेपाल सरकारको मन्त्री परिषदले गत चैत २४ गते गभर्नर अधिकारी माथि छानबीन गर्न भन्दै समिति गठन गरेको थियो । सो समिति गठन भएसंंँगंै नलम्बनमा रहेका अधिकारी निलम्बन बदर गरि नियमित काममा फर्कन पाउनुपर्ने भन्दै दायर गरेको रिटमा सर्वोच्चले मंगलबार सुनुवाई गर्दै अल्पकालिन अन्तरिम आदेश दिएपछि उनी काममा फर्कने भएका छन् ।
अदालतको प्रारम्भिक निर्णयले नेपाल राष्ट्र बैंकको गरिमा र स्वयत्तता जोगाएको बताए । “आदेश पाउनासाथ नियमित काममा फर्कन्छु,” गभर्नर अधिकारीले भने,“”अदालतको आदेश आएपछि भोलि देखिनै कार्यालय उपस्थित भई नियमित काम गर्छु ।” अदालतले निलम्बन गरेको पत्राचार तत्कालका लागि कार्यान्वयन नगराउन भनेको छ । अदालतको आदेश सहित बुधबार गभर्नर अधिकारी कार्यालय उपस्थिती हुनेछन् ।
सर्वोच्च अदालतले मंगलबार गभर्नर निलम्बनको पत्रचार तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । साथै सर्वोच्चले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई तत्कालका लागि निलम्बन नगरी सरकारलाई कारण देखाउन समेत आदेश दिएको छ । मंगलबारको सुनुवाइ पनि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै सरकारलाई निलम्बन गर्नुपर्ने कारण माग गरेको सर्वोच्च अदालतका प्रबक्ता विमल पौडेलले जानकारी दिए । पौडेलका अनुसार दुबै पक्षको छलफलका लागि आगामी १३ गते बोलाइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश सहित छलफलका लागि दुबै पक्षलाई बोलाउने निर्णय गरेको हो । आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारी सर्वोच्च पुगेका थिए ।
सरकारले आफूलाई गरेको निलम्बन कानुन विपरीत भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर अधिकारीले रिट दायर गरेका थिए । सरकारले अधिकारीलाई राष्ट्र बैंकभित्रका अतिगोप्य सूचना चुहाएको, राष्ट्र बैंकको उद्देश्य हासिलका लागि गर्नु पर्ने काम गर्न कार्यक्षमताको अभाव भएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउदै छनबीन गर्ने निर्णय गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया