चीनमा कोभिड १९ संक्रमण फैलिँदै गएपछि लकडाउन गरिउको छ ।
लकडाउनका कारण जापानी कार निर्माता कम्पनी टोयोटाले साङ्घाई अवस्थित आठ फ्याक्ट्रीमा कार उत्पादन कार्य बन्द गरेको छ ।
टोयोटाले आगामी ६ दिनको लागि कार उत्पादन कार्य बन्द गर्ने भएको हो ।
चीनको कोभिडलाई लिएर रहेको शून्य सहिष्णुताका कारण चीनमा रहेका विभिन्न कारनिर्माता कम्पनीहरुको उत्पादनमा असर परेको छ ।
टायोटाले ६ दिनसम्म घोषणा गरेको बन्दका कारण ४० हजार सवारी साधनको उत्पादन रोकिने छ । चीनमा भएको लकडाउनका कारण टोयोटाले यस महिनाको लिएको उत्पादन लक्ष्यमा ५० हजारको कमी आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया