नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर तोक्दै भाउ निर्धारण गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ ३ गते मंगलबार एक अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२४ रुपैयाँ २३ पैसा तोकिएको छ । बैशाख ३१ गतेयता डलर लगातर ४ दिनदेखि यही मूल्यमा डलर खरिद बिक्री हुँदै आइरहेको छ ।
गत साताको मंगलबार अर्थात बैशाख २७ गते डलर हालसम्मकै उच्च दरमा खरिद बिक्री भएको थियो । उक्त दिन नेपाल राष्ट्र बैंकले १ डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा निर्धारण गरेको थियो ।
त्यस्तै मंगलबार १ यूरोको खरिददर १२८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १८ पैसा तथा अष्ट्रलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९९ पैसा कायम भएको छ । यस्तै क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १३ पैसा छ ।
यस्तै जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तथा चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । कतारी रियल १ को खरिददर ३३ रुपैयाँ ८५ रुपैयाँ र बिक्रीदर ३४ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै साउदी अरबियन रियालको १ को खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
यसैगरी खरिद भाउ ८८.६८ रुपैयाँ तोकिएको सिंगापुर डलरको बिक्री भाउ ८९.११ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्स दिराम १ को बिक्री दर ३३.६६ रुपैयाँ र खरिद दर ३३.८२ रुपैयाँ छ । मलेसियन रिंगिट एकको खरिद दर आज २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ । कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले मंगलबारका लागि स्वीस फ्रेङ्क एकको खरिद दर १२३ रुपैयाँ १४ पैसा र बिक्री दर १२३ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ४०२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५४ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३२७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२९ रुपैयाँ ५१ पैसा तोकेको छ ।
यसैगरी हङकङ डलर १ को खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८३ पैसा, डेनिस क्रोनर १ को खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा, थाई भाट १ को खरिददर ३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
वर्तमान प्रणाली अन्तर्गत खुला बजार विनिमय दरहरू नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदरभन्दा विभिन्न बैंकहरुद्वारा तोकेको विनिमयदर भने फरक हुन सक्छ । नेपालको विनिमयदर प्रणाली कन्भेन्स्नल पेग प्रकृतिको रहेको छ । नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ भने नेपाली मुद्रा र परिवत्र्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमय दरको आधारमा निर्धारण हुन्छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम हाल २१ प्रकारका विदेशी मुद्राहरु (भारतीय मुद्रा समेत) को खरिद बिक्री हुन्छ । उक्त विदेशी मुद्राहरु र ती मुद्राहरुको विनिमय दर सम्बन्धी जानकारी दैनिक रुपमा गोरखापत्र राष्ट्रिय दैनिक र नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत प्रकाशन हुन्छ ।
डलर शक्तिशाली भएसँगै त्यसको गहिरो प्रभाव विश्व अर्थतन्त्रमा पर्दै
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया