यूरोपेली संघद्वारा युक्रेनलाई थप सहयोगका लागि ९ अर्ब यूरोको प्रस्ताव

0
Shares

यूरोपेली संघ (ईयू) ले कीभलाई रूसी आक्रमणको सामना गर्नका लागि मद्दत गर्न यस वर्ष नौ अर्ब यूरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव बुधबार गरेको छ ।

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले एएफपीलाई बताए ।

भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताए ।

उनले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गरे ।

प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।