अन्तर्राष्ट्रिय बजारमा पाउन्ड कमजोर भएपछि, पाउन्डको क्रय शक्ति बढाउनको लागि बेलायती केन्द्रीय बैंकले सस्तो दरमा सुन बिक्री गरेको छ ।
अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले गत साता औसत ब्याज दर बढाएपछि डलर बलियो हुँदा, पाउन्ड केही मात्राले कमजोर भएको छ । यसै क्रममा स्वदेशी मुद्रा बलियो बनाउन र मूल्यवृद्धिलाई नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंकले सञ्चितिबाट सुन बिक्री गरेको हो ।
५ हजार ६७६ टन बुलियन सञ्चिति गरेको बैंक अफ इंग्ल्यान्डले बजार मूल्य भन्दा निकै सस्तो दर –१ डलर प्रति औंसमा सुन बिक्री गरिरहेको छ । यसरी सस्तो मूल्यमा भारी छुटका साथ सुन बिक्री गर्नुको प्रमुख कारण आफ्नो देशको मुद्रालाई बलियो बनाउनु रहेको कमोडिटी मार्केटका विश्लेषकहरुले बताएका छन् ।
मुलतः बेलायतबाट सुन आयात गर्ने राष्ट्रहरु ब्राजिल, थाइल्यान्ड र आयकरल्यान्ड रहेका छन् । विश्व सुन काउन्सिलको तथ्यांक अनुसार सन् २०२१ मा बेलायतले ४५६ टनका दरले सुन सञ्चिति वृद्धि गरेको थियो ।
बढ्दो मुद्रास्फीति र औसत ब्याज दरमा वृद्धि भएका कारण सन् २०२२ मा २०२१ को तुलनात्मक रुपमा सुन सञ्चितिमा कमी आएको छ । मार्च महिना सम्ममा बेलायतको सुन सञ्चितिमा १२ प्रतिशतले कमी आएको ब्लुमबर्गले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया