नेपालमा पछिल्लो समय मर्जर तथा प्राप्ती, एफपीओ तथा हकप्रद जारी गर्ने संस्थाहरुबाट पूँजीगत लाभकर छली भएको विषय पेचिलो बन्दै गर्दा विकसित मुलुक जापानमा समेत यो मुद्दाले प्रवेश पाएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किसिडाले सरकारले क्यापिटल गेन ट्याक्सको विवादमा छलफल अघि बढाएको जनाएका छन् । क्यापिटल गेन ट्याक्स लागू गर्दा त्यसका फाइदा र बेफाइदाको बारेमा जापानी सरकारले अध्ययन अघि बढाएको समेत उनले उल्लेख गरेका छन् ।
जापानी प्रधानमन्त्रीबाटै “क्यापिटल गेन ट्याक्स” को विषय उठान भएपछि त्यहाँको सेयर बजार समेत प्रभावित बनेको छ । पछिल्लो समय सेयर मार्केट ओरालो लागेपछि लगानीकर्ताहरुले क्यापिटल गेन ट्याक्सको अवधारणाले सेयर बजार थप चिसाउने बताउन थालेका छन् । पछिल्लो पाँच दिनमा निक्की ०.७८ प्रतिशतले घटेको हो । २७ हजार बिन्दुमा रहेको सूचक २६ हजार ७८१ बिन्दुमा झरेको छ ।
त्यसो त प्रधानमन्त्री फुमियो किसिडाले याे वर्ष मात्र गत वर्ष पनि क्यापिटल गेन ट्याक्सको धारणा अघि सारेका थिए ।
नेपालमा पनि मर्जर तथा प्राप्त, हकप्रद, एफपीओ जारी गर्दा विभिन्न संस्थाहरुले सरकारलाई तिर्नुपर्ने पूँजीगत लाभकर छली भएको भन्दै महालेखाको ५८ औं प्रतिवेदनमा उठाएपछि सो विषय पेचिलो बन्दै गइरहेको अवस्था छ । एक्वीजिशनमा जााने संस्थाका सेयरधनीलाई मात्र पूँजीगत लाभकर छुट हुनेमा गाभ्ने संस्थाको सेयर कारोबारमा पूँजीगत लाभकर छुट भएकोे भन्दै असुली गर्नुपर्ने महालेखाले बताउँदै आइरहेको छ । सोही अनुसार विवरण उपलब्ध गराउन नेप्से तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडसँग माग भएको अवस्था छ ।
महालेखा परीक्षकको कार्यालयले मर्जर तथा एक्वीजिशनमा विलय भएर जाने संस्थाको हकमा मात्र सीमित अवधिका लागि पूँजीगत लाभकर छुट भएको भन्दै विगत पाँच आर्थिक वर्षमा भएका यस्ता सम्पूर्ण कारोबारहरुमा भएको कर छुटको विवरण सम्बन्धित निकायहरुसँग माग गरिरहेको जनाएको छ । यो मुद्दामा कर लगाउने र लगाउन नहुने विषयमा विभिन्न सरोकारवाला निकायमहरु आन्तरिक राजश्व विभाग, चार्टड अकाउन्टेन्ट र महालेखा परीक्षकबीच नै फरक फरक धारणा रहँदै आइरहेको छ ।
- मर्जर तथा एक्विजिसनको नाममा सेयर बजारबाट अर्बौको कर छली
- गाभ्ने/गाभिने दुबै संस्थाको सेयर कारोबारमा लाभकर छुट हुनुपर्ने ब्रोकरहरुको सुझाव
- मर्जरको छुट भन्दै पूँजीगत लाभकर छली भएपछि विवरण माग्दै महालेखा
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया