टर्कीको वार्षिक मुद्रास्फीति दर २४ वर्ष यताकै उच्च भएको छ । मे महिनाको मूल्यवृद्धि दर ७३.५ प्रतिशत रहेको छ ।
रुस–युक्रेन युद्धका कारण इन्धन तथा खाद्यान्नको मूल्य आकाशिएपछि र टर्किको मुद्रा लिरा कमजोर भएपछि मुद्रास्फीति दर वृद्धि भएको हो ।
यस अघि सन् २००२मा मुद्रास्फीति दर ७३.२ प्रतिशत थियो भने सन् १९९८को वार्षिक मुद्रास्फीति दर ७६.६ प्रतिशत थियो । सन् १९९८ यताकै उच्च हुने गरी सन् २०२२को वार्षिक मुद्रास्फीति दर ७६.५५ प्रतिशत हुने प्रक्षेपण टर्किस स्टास्टीकल इन्सटीच्युटले गरेको छ ।
सन् २०२१ को अक्टोबरबाट आकाशिएको मुद्रास्फीति नियन्त्रणको लागि टर्किको केन्द्रीय बैंकका अध्यक्ष तायिप एर्डगनले ५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेका थिए । केन्द्रीय बैंकले औसत ब्याजदर बढाएता पनि मूल्यवृद्धि कम भएको छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया