विद्युतीय कारमेकर कम्पनी टेस्लाले मूल्यवृद्धि थप जटिल रुपमा बढ्दै जाने आंकलनका साथ आफ्नो कर्मचारी संख्या र कर्मचारीलाई दिँदै आएको पारिश्रमिक घटाउन थालेको छ ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मक्सले सामाजिक सञ्जाल ट्वीटर मार्फत कर्मचारीको सङ्ख्या घटाउने र तलबी कर्मचारीको तलबमा पनि केही कटौति गर्ने जानकारी दिएका हुन् । मक्सले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै १० प्रतिशतले कर्मचारी कटौति गर्ने बताए ।
रोजगारीको दर बढ्दै जाँदा र श्रम बजार बलियो रुपमा प्रस्तुत हुँदा मूल्यवृद्धि थप जटिल रुपमा बढ्दै जाने हुनाले १० प्रतिशतले कर्मचारी संख्या कटौति गरिने लागिएको मक्सले जनाएका छन् ।
उनले कर्मचारी कटौतिको अवस्था आगामी वर्षमा कस्तो रहला भन्ने सन्दर्भमा होल मार्स काटालग नामक यूजरनेम गरेको ट्वीटर प्रयोगकर्ताले गरेको प्रश्नमा मक्सले हाल कर्मचारी संख्या घटाइएको र आगामी १२ महिनामा कर्मचारी सङ्ख्यामा वृद्धि गरिने तर तलबमा कटौति हुने उल्लेख गरेका छन् ।
टेस्लाले चीन र अमेरिकामा रहेको आफ्ना कम्पनीबाट कर्मचारी कटौति गर्न लागेको हो । चीनमा कर्मचारी कटौतिका लागि कम्पनीले इमेल मार्फत पत्राचार समेत गरिसकेको छ ।
मक्सको कर्मचारी संख्या र तलबमान घटाउने यो ट्वीट पछि टेस्लाको सेयरमा ९.२२ प्रतिशतले गिरावट आएको छ । आइतबार टेस्लाको मूल्य प्रतिकित्ता ७०३.५५ डलरमा झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया