बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा संशोधन, मर्ज गर्ने कम्पनीका सञ्चालकलाई थप एक कार्यकाल

Parmeshwor Adhikari
0
Shares

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गरेको छ । निर्देशिका संशोधन गर्दै समितिले बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुको नियुक्ति तथा कार्यकालका सम्बन्धमा नयाँ व्यवस्था थप गरेको हो ।

तेस्रो पटक संशोधन गरिएको निर्देशका अनुसार मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकहरुको कार्यकाल एक पटकका लागि थप गरिएको छ ।

निर्देशिकाको दाफा ३ मा संशोधन गर्दै समितिले यस्तो व्यवस्था गरेको हो ।

बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ मा भएको व्यवस्था अनुसार गाभ्ने, गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि प्रक्रिया सुरू गरेको मिति वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृति लिएर तत्काल कार्यरत संचालक वा अध्यक्षलाई थप एक कार्यकालका लागि सञ्चालक वा अध्यक्षमा नियुक्त गर्न सकिने बीमा समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।