प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दरमा गम्भिर चलखेल गर्ने अर्थमन्त्री जनार्दन शर्मा नैतिक हिसाबले पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग गरेका हुन ।
पाण्डेले करको विषय ज्यादै गोपनीय र राष्ट्रको सुरक्षा स्वार्थको विषय भएको बताउँदै यसबारेमा संसद्ले कदम चाल्नुपर्ने माग गरे । प्रमुख प्रतिपक्षले सोमबारको बैठकमा गम्भीर प्रश्न उठाएपछि अर्थमन्त्रीले संसद्मा जवाफ दिनुपर्नेमा त्यसो नगरेको भन्दै पाण्डेले आपत्ति जनाए । ‘यति गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्मा यसका बारेमा कुनै प्रस्ट पार्नुभएन । यो ज्यादै आपत्तिजनक कुरा हो,’ उनले भने ।
बजेट निमार्णको प्रक्रियमा बजेट संसदमा प्रस्तुत गर्नु अघिल्लो दिन अर्थ मन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश नदिने गरेको उल्लेख गरे । तर, यसपटक अर्थमन्त्री शर्माले बाहिरका मान्छेलाई अर्थ मन्त्रालयमा बोलाएर निश्चित व्यापारिक घरानालाई फाइदा र्पुयाउनका लागि बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गर्न लगाएको र त्यस विषयमा संसदमा जवाफ नदिएको भन्दै पदमा बसिरहन नमिल्ने बताएका हुन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया