जापानमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि अटोमेकर कम्पनी टोयोटाको कार तथा अन्य सवारी साधन उत्पादनमा कटौती आएको छ ।
कोभिड संक्रमण फैलिँदै गएपछि टोयोटाले जापानमा अवस्थित फ्याक्ट्रीहरुमा रात्रीको समयमा हुने कार उत्पादन कार्य बन्द गरेको हो ।
आठ वटा प्लान्टमा काम गर्ने कर्मचारीहरुलाई कोभिड पुष्टि भएका कारण रात्री कालीन निर्माण कार्य बन्द गरेको टोयोटाले जनाएको छ । यसरी उत्पादन कार्य बन्द हुँदा दिनको ६५० युनिट सवारी साधनको उत्पादन प्रभावित हुने टोयोटाका प्रवक्ताले बताएका छन् ।
यस अगाडि होन्डाले पनि विविध कारणहरु देखाउँदै उत्पादन कमी हुने जनाएको थियो । कोभिड–१९ संक्रमण, रुस–युक्रेन युद्धले कच्चा पदार्थको अभाव भएको र आपूर्ति श्रृङ्खला अवरोध हुँदा मूल्य बढेका कारण अटोमेकर कम्पनीहरु समस्यामा परेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया