माइक्रोब्लगिङ साइट ट्विटरले अन्ततः बहुप्रतिक्षित इडिट बटन सार्वजनिक गरेको छ । आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीटरले इडिट फिचरको परीक्षण सुरु गरिएको जनाएको छ ।
प्रयोगकर्ताहरुको लामो प्रतिक्षा तथा मागलाई सम्बोधन गर्दै ट्विटरले उक्त फिचरको परीक्षण सुरु गरेको हो । तत्कालका लागि परीक्षणका रुपमा सुरु भएको उक्त फिचर निश्चित प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।
ट्वीटरको एडिट बटन भुक्तानी गरेका प्रयोगकर्ताले मात्रै प्रयोग गर्नसक्ने जनाएको छ । यो फिचर ट्वीटर ब्लु सब्सक्राइबरले मात्रै हालका लागि इडिट फिचर प्रयोग गर्न पाउने छन् ।
एडिट बटन थपिएसँगै अब फेसबुक पोस्टमा जस्तै आफूले गरिसकेको ट्वीट समेत इडिट गर्न सकिनेछ । ट्विटरले हालसम्म अण्डो ट्वीट फिचर दिएपनि गरिसकेको ट्वीट सम्पादन गर्ने वा सच्चाउने विकल्प थिएन ।
ट्वीटरले क्यारेक्टर सीमा १४० देखि २८० क्यारेक्टरमा सन् २०१७ मा परिणत गरेको थियो र अब क्यारेक्टरलाई एडिट गर्न पनि सकिन्छ । यसले ट्वीट गर्दा अलि कम झन्झटिलो हुनेछ ।
प्रयोगकर्ताहरुले ३० मिनेट भित्र पाँच पटक मात्र एडिट गर्न सक्नेछन् । एडिट गरेपछि ट्वीट आईकनका रुपमा देखिनेछ जसमा अन्य प्रयोगकर्ताहरुले लेखिएको ट्वीट परिवर्तन भएको देख्न सक्नेछन् । यसकासाथै उनीहरुले ट्वीट एडिट गरेको समय पनि देख्न पाउनेछन् ।
ट्वीटर ब्लु सब्सक्राइबरले मासिक रुपमा ५ डलर तिर्नुपर्ने छ । कम्पनीले ह्याकरहरुले यस प्रणालीलाई दुरुपयोग गर्छन् भनेर एडिट बटन अहिलेसम्म सार्वजनिक गरेको थिएन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया