पुटिनले युक्रेनमाथि आणविक हतियार प्रहार गरे रूसी सेनाले व्यापक क्षति व्यहोर्नुपर्ने इयू नेताको भनाइ

0
Shares

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन् ।

बोरेलले ब्रसेल्समा एक कूटनीतिक अकादमीको उद्घाटनमा भने, “पुटिनले आफूले धोका नदिएको बताइरहेका छन् । उनले नडराएको अभिनयलाई सधैं कायम राख्न सक्दैनन्, र यो स्पष्ट हुनुपर्दछ कि युक्रेन र युरोपेली संघ र सदस्य राष्ट्रहरू, र संयुक्त राज्य अमेरिका र उत्तर एटलासन्टक सन्धि संगठन (नेटो) लाई समर्थन गर्ने मानिसहरूले पनि धोखा दिइरहेका छैनन् ।”

“युक्रेनविरुद्ध हुने कुनै पनि आणविक आक्रमणले जवाफ दिनेछ, आणविक जवाफ होइन, तर सैन्य पक्षबाट यस्तो शक्तिशाली जवाफ सिर्जना गर्नेछ कि रुसी सेनालाई सखाप पारिनेछ ।” पुटिनले युद्धभूमिमा हार बेहोरेपछि कब्जा गरिएका चार वटा क्षेत्र पुनः कब्जा गर्ने युक्रेनी चेतावनीपछि मस्कोले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने रणनीति अख्तियार गर्ने आशङ्का बढेको छ ।

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आणविक आक्रमण गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । नेटोका एक वरिष्ठ अधिकारीले बुधबार भने, “लगभग निश्चित रूपमा धेरै सहयोगीहरूबाट भौतिक प्रतिक्रिया प्राप्त हुनेछ, र सम्भवतः नेटोबाट नै यसको तीव्र प्रतिक्रिया आउनेछ ।

तर गठबन्धनले आफ्नो आणविक शस्त्रागारको प्रयोग गरेर प्रतिक्रिया दिने धम्की दिएको छैन किनभने गैर–सदस्य युक्रेन यसको आत्मरक्षाका लागि बनाइएको कानुनी धारामा समावेश छैन । मस्कोसँगको विनाशकारी आणविक द्वन्द्व चर्काउने डरले युक्रेन द्वन्द्वमा अमेरिका र नेटोले सैन्य हस्तक्षेप नगर्ने अडान लिएका छन् ।

युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पुर्‍याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ ।

अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो । युक्रेन रुसी आक्रमणबाट त्रसित छ । यसमा परी दर्जनौं मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानी विहीन छन् ।

‘प्रणालीहरू उपलब्ध गराइनेछ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पुर्‍याउन सक्छौं,’ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिएका छन् । पश्चिमी ऐक्यवद्धताको थप प्रदर्शनमा, जी-७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ । बलियो युक्रेनको दिशातर्फ अघि बढ्नको लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतङ्कवादको कार्यको रूपमा वर्णन गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।